About the Speaker of the House of Representatives

A brief overview of background, commitment to social service, and parliamentary responsibilities.

डी.पी. अर्याल

People Representative | Social Worker | Entrepreneur

Speaker | House of Representatives

पृष्ठभूमि

डोल प्रसाद (डीपी) अर्याल नेपालको संघीय संसद् प्रतिनिधि सभाका १०औँ सभामुख हुनुहुन्छ । २०८२ चैत २० गते अर्यालले प्रतिनिधि सभाको सभामुख पदका लागि मनोनयनपत्र दर्ता गराउनुभएको थियो । सभामुख पदमा उहाँको एकल उम्मेदवारी परेको थियो । २०८२ चैत २२ गते बसेको प्रतिनिधि सभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उहाँ सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभएको थियो । सोही दिन राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

२०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उहाँ काठमाडौं क्षेत्र नम्बर ९ बाट ३५ हजार ९३ मतसहित फराकिलो मतान्तरमा विजयी हुनुभएको थियो । उक्त निर्वाचन क्षेत्रमा खसेको कुल मतमध्ये ६९ दशमलव २६ प्रतिशत मत उहाँको पक्षमा खसेको थियो, जुन मुलुकभरका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा उच्च मत प्रतिशत हो । निर्वाचनमा अर्यालले पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभयो । संघर्षबाट उदाएर वैकल्पिक राजनीतिमा स्थापित हुनुभएका अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक उपसभापति तथा कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ । धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका–२ मा जन्मिनुभएका अर्याल २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट समानुपातिक सांसद बन्नुभएको थियो ।

उहाँ २०७९ साल माघमा पहिलो पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्त हुनुभएको थियो । त्यसपछि २०८० साल फागुन २३ गते पुनः सोही मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । आफ्नो कार्यकालमा उहाँले वैदेशिक रोजगारी क्षेत्रलाई पारदर्शी, सुरक्षित र सहज बनाउन महत्वपूर्ण पहल गर्नुभयो । उहाँकै नेतृत्वमा वैदेशिक रोजगार विभागबाट प्रदान गरिने श्रम स्वीकृतिको प्रक्रिया एक घण्टाभित्र सम्पन्न हुने व्यवस्था गरियो, जसले वैदेशिक रोजगार क्षेत्रमा हुने ढिलासुस्ती र भ्रष्टाचार नियन्त्रणमा उल्लेखनीय योगदान पुर्यायो ।

साथै, स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या र गुनासो सुन्न “श्रमाधान कल सेन्टर” सञ्चालनमा ल्याउनुभयो, रोजगारदाता र श्रमिकबीच समन्वयका लागि सातै प्रदेशमा “श्रमाधान रोजगार मेला” सफलतापूर्वक सम्पन्न भयो ।वैदेशिक रोजगार पूर्व प्रस्थान अभिमुखीकरण तालिमको शुल्क घटाउने, वैदेशिक रोजगारीमा जानेका लागि अनिवार्य गरिएको अंग्रेजी भाषा परीक्षालाई हटाउने देखि लिएर एक पटकका लागि जुनसुकै भिसामा वैदेशिक रोजगारीमा गएपनि गन्तव्य मुलुकबाट नै श्रम स्वीकृति लिन सकिने व्यवस्था गर्नुभयो । पुनः श्रम स्वीकृतिको प्रक्रिया सहज बनाउनुभयो । अर्यालको छोटो कार्यकालमा नै रोजगारीको क्षेत्रमा धेरै सुधारमा काम भयो ।

Dol Prasad (DP) Aryal is the 10th Speaker of the House of Representatives of Nepal’s Federal Parliament. On 20 Chaitra 2082, he registered his candidacy for the position of Speaker of the House of Representatives. He was the sole candidate for the position. During the House of Representatives meeting held on 22 Chaitra 2082, senior member Arjun Narsingh KC announced that Aryal had been elected unopposed as Speaker. On the same day, President Ram Chandra Paudel administered the oath of office and secrecy to him.

In the House of Representatives election held on 21 Falgun 2082, Aryal won by a substantial margin from Kathmandu Constituency No. 9, securing 35,093 votes. He received 69.26 percent of the total votes cast in the constituency, the highest vote percentage among all 165 constituencies across the country.

During the election, Aryal successfully fulfilled the responsibility of Coordinator of his party’s Central Election Mobilization Committee. Rising through struggle and establishing himself in alternative politics, Aryal is a founding Vice-Chairperson of the Rastriya Swatantra Party (RSP) and has also served as its Acting Chairperson.

Born in Jwalamukhi Rural Municipality–2 of Dhading District, Aryal was elected as a proportional representation member of the House of Representatives from the RSP in the 2079 election. In Magh 2079, he was appointed Minister for Labour, Employment and Social Security for the first time. Subsequently, on 23 Falgun 2080, he was reappointed to the same ministry.

During his tenure, he introduced significant initiatives to make the foreign employment sector more transparent, safe, and accessible. Under his leadership, the process of obtaining labour approval through the Department of Foreign Employment was streamlined to be completed within one hour, making a notable contribution to reducing administrative delays and controlling corruption in the foreign employment sector.

He also launched the "Shramadhan Call Centre" to address the problems and grievances of workers both within Nepal and abroad. Furthermore, the "Shramadhan Employment Fair" was successfully organized across all seven provinces to strengthen coordination between employers and workers.

Other major initiatives included reducing the fees for pre-departure orientation training for foreign employment, removing the mandatory English language examination requirement for outbound migrant workers, and introducing a provision allowing Nepali workers to obtain labour approval directly from their destination country, regardless of visa category, on a one-time basis. He also simplified the process of re-labour approval.

Despite his relatively short tenure, Aryal made substantial contributions to reforms in the employment sector, particularly in improving services, simplifying administrative procedures, and protecting the rights and welfare of Nepali migrant workers.

समाजसेवामा समर्पित

सामाजिक अभियन्ताका रूपमा परिचित डोल प्रसाद (डीपी) अर्यालले नेपालको दुर्गम क्षेत्रमा अस्पताल निर्माणदेखि लिएर कोभिड–१९ महामारीका बेला स्वास्थ्य सामग्री वितरण र बिरामीको उपचार व्यवस्थापनसम्म उल्लेखनीय योगदान पुर्याउनुभएको छ । देशको विकास सबैभन्दा कठिन भूगोलबाट सुरु हुनुपर्छ भन्ने विश्वासका साथ अर्यालले रास्वपाका संस्थापक सभापति रवि लामिछानेसँगको सहकार्यमा कालिकोट जिल्लाको रास्कोट नगरपालिका–४, गौतुकोटमा “रास्कोट अस्पताल” सञ्चालनमा ल्याउनुभएको थियो । २०७४ सालमा दर्ता भई २०७५ सालदेखि सञ्चालनमा आएको उक्त सामुदायिक अस्पताल २०७७ सालमा स्थानीय सरकारलाई हस्तान्तरण गरिएको थियो ।

रास्कोट अस्पतालबाट हालसम्म ५० हजारभन्दा बढी स्थानीय नागरिकले सेवा लिइसकेका छन् । दैनिक ६० जनासम्मले विभिन्न स्वास्थ्य सेवा प्राप्त गर्दै आएका छन् । नजिकाका जिल्ला बाजुरा र हुम्लाका बिरामीले पनि उक्त अस्पतालबाट सेवा लिँदै आएका छन् । अर्यालको सक्रियतामा अस्पताल स्थापना भएपछि सामान्य उपचारका लागि स्थानीय नागरिकले हजारौँ रुपैयाँ खर्च गरेर सुर्खेत वा नेपालगञ्ज पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । अस्पतालमा ट्रमा सेवा तथा सुविधा सम्पन्न बर्थिङ सेन्टरको व्यवस्था गरिएको छ ।

साथै, ३५ किलोवाट क्षमताको सोलार प्रणाली, ५० हजार लिटर क्षमताको खानेपानी व्यवस्था तथा आधारभूत पूर्वाधारसहितका भवन निर्माण गरिएको छ । अस्पतालमा हाल ३० जना कर्मचारी कार्यरत छन् । कोभिड–१९ महामारीका बेला अर्यालले बिरामीको घर–घरमै पुगेर स्वास्थ्य सामग्री वितरण गर्ने, बिरामीलाई अस्पतालसम्म पुर्याउने, अस्पतालमा विशेष बेडको व्यवस्था मिलाउने तथा आवश्यक चिकित्सक व्यवस्थापन गर्ने कार्यमार्फत कयौं नागरिकको जीवन बचाउन योगदान पुर्याउनुभएको थियो । सामाजिक सेवामा सक्रिय अर्याल सफल र कुशल उद्यमी पनि हुनुहुन्छ । अध्ययन तथा अनुसन्धान क्रममा विभिन्न मुलुकको भ्रमण गरी सक्नुभएका अर्यालले मुलुकभित्रै रोजगारी सृजना गर्ने उद्देश्यका साथ विभिन्न शिक्षा, स्वास्थ्य, वित्तीय लगायतका क्षेत्रमा लगानी गरी उद्यमशीलता विकासमा योगदान पुर्याउँदै आउनुभएको छ ।

Dol Prasad (DP) Aryal, widely recognized as a social activist, has made significant contributions to improving healthcare access in remote parts of Nepal. His initiatives range from establishing hospitals in geographically challenging regions to distributing medical supplies and coordinating patient care during the COVID-19 pandemic.

Believing that the development of the country should begin from its most geographically disadvantaged regions, Aryal, in collaboration with Rabi Lamichhane, the founding Chairperson of the Rastriya Swatantra Party (RSP), established the Raskot Hospital in Gautukot, Ward No. 4, Raskot Municipality, Kalikot District. Registered in 2017 and brought into operation in 2018, the community hospital was handed over to the local government in 2020.

To date, more than 50,000 local residents have received healthcare services from Raskot Hospital, with up to 60 people accessing various health services daily. Patients from neighbouring districts, including Bajura and Humla, also benefit from its services.

Following the establishment of the hospital through Aryal's initiative, local residents no longer need to travel to Surkhet or Nepalgunj, spending thousands of rupees for basic medical treatment. The hospital is equipped with trauma care services and a well-facilitated birthing centre.

Additionally, the hospital's infrastructure includes a 35-kilowatt solar power system, a 50,000-litre drinking water supply facility, and buildings equipped with essential infrastructure. The hospital currently employs 30 staff members.

During the COVID-19 pandemic, Aryal contributed to saving numerous lives through his direct involvement in delivering medical supplies to patients' homes, arranging transportation to hospitals, ensuring dedicated hospital beds, and coordinating the availability of medical professionals.

Alongside his active involvement in social service, Aryal is also an entrepreneur. Having travelled to various countries for study and research, he has invested in several sectors, including education, healthcare, and finance, with the objective of creating employment opportunities within Nepal and promoting entrepreneurship and economic development.

राजनीतिक यात्रा

कोभिड–१९ महामारीका समयमा स्वास्थ्य सेवामा सक्रिय रूपमा खटिनुभएका डोल प्रसाद (डीपी) अर्याल २०७९ सालपछि औपचारिक राजनीतिमा प्रवेश गर्नुभएको हो ।

रास्कोट अस्पताल निर्माणका क्रममा नेपालको दुर्गम तथा विकट क्षेत्रको भ्रमण गर्दा स्थानीय नागरिकले भोगिरहेका कठिनाई, नागरिकलाई राज्यले गरेको बेवास्ता तथा अव्यवस्थित सरकारी सेवाले उहाँलाई चिन्तित बनायो । कोभिड महामारीका बेला सामान्य उपचारका लागि नागरिकले गर्नुपरेको संघर्ष, उपचार अभावमा ज्यान गुमाउनुपरेको अवस्था, सरकारी सेवाको अस्तव्यवस्था र व्याप्त भ्रष्टाचारलाई नजिकबाट अनुभव गरेपछि उहाँ नेपालको राजनीतिक प्रणाली सुधार गर्न वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको निष्कर्षमा पुग्नुभयो ।

यसै सोचअनुसार २०७९ साल असारमा रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घोषणा गरियो, जहाँ अर्याल संस्थापक उपसभापतिका रूपमा रहनुभयो । पार्टी स्थापना भएको पाँच महिनामै सम्पन्न आम निर्वाचनमा उहाँ समानुपातिक सूचीमार्फत पहिलो पटक प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभयो ।

सभापति रवि लामिछानेको अनुपस्थितिमा अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सम्हाल्नुभयो । उहाँले संसद् र सडक दुवै क्षेत्रमा पार्टीको सशक्त नेतृत्व गर्दै संगठनलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

Dol Prasad (DP) Aryal, who was actively involved in healthcare services during the COVID-19 pandemic, formally entered politics after 2079 B.S. (2022).

During his visits to remote and geographically challenging parts of Nepal while working on the construction of Raskot Hospital, Aryal witnessed the hardships faced by local communities, the state's neglect of citizens, and the inefficiencies of public service delivery. His firsthand experiences during the COVID-19 pandemic, including the struggles of ordinary citizens to access basic medical treatment, loss of lives due to a lack of healthcare facilities, poor public service management, and widespread corruption, led him to conclude that Nepal needed an alternative political force to reform its political system.

With this vision, the Rastriya Swatantra Party (RSP) was announced in June 2022 under the leadership of Rabi Lamichhane, with Aryal serving as one of its founding Vice-Chairpersons. Just five months after the party's establishment, Aryal was elected to the House of Representatives for the first time through the proportional representation electoral system in the general election.

In the absence of Party Chairperson Rabi Lamichhane, Aryal also assumed the responsibility of Acting Chairperson. He played an important role in strengthening the party's organization and providing leadership across both parliamentary and public platforms.

DP Aryal

About the Honorable Speaker:

Name: Dol Prasad (D.P.) Aryal

Age: 51 years

Father's name: Bojraj Aryal

Mother's name: Gunmaya Aryal

Place of birth: Jwalamukhi Rural Municipality Ward No. 2, Dhading (Former Maidi VDC, Dhading)

Copyright © 2026 D.P Aryal. All Rights Reserved.